मुलुकभर गएको बाढी तथा पहिरोबाट सिर्जित प्राकृतिक विपत्को अवस्थालाई सम्बोधन गर्न मन्त्रिपरिषदको बैठक बसिरहेको छ। बालुवाटारमा बसिरहेको बैठकका निर्णय आजै सार्वजनिक हुनेछन्।
ओली सरकारले मन्त्रिपरिषदका निर्णयहरु बिहीबार मात्र सार्वजनिक गर्ने नियम बनाए पनि बाढीपीडितको विषयमा भएका निर्णय आजै सार्वजनिक गरिने स्रोतले बतायो।
आइतबार भएका दुई कार्यक्रममा सहभागी हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोका कारण आफू दुःखी रहेको बताएका थिए।

प्रतिक्रिया