राजनीति


देउता, राजा र जनता कसैसँग डर नहुँदा मनपरीः कमल थापा

देउता, राजा र जनता कसैसँग डर नहुँदा मनपरीः कमल थापा

नेपालखबर
असार २९, २०७६ आइतबार ८:४१,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले देउता, राजा र जनता कोहिसँग पनि डर नभए पछि मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हावी भएको बताएका छन्।

अभिभावकको रुपमा रहेको राजसंस्थालाई षड्यन्त्रपुर्वक पाखा लगाईएको, धर्मलाई अफिम भन्ने र भगवानको नाममा शपथ नलिने तथा जनतालाई भ्रम र लोभ लालचमा झुक्याउन सकिन्छ भन्ने मनोबिज्ञान भएकाहरु मुलुकमा हावी भएपछी मनपरितन्त्र बढेको उनले बताए।

राप्रपा धनकुटा जिल्ला समितिद्वारा आज आयोजित अन्तरक्रिया एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले २०६२÷६३ पछिको गलत नीति र त्रुटिपूर्ण मार्गचित्रबाट मुलुक समस्याको दलदलमा भासिएको दाबी गरे। थापाले थपे ‘मुलुक जोगाउने र बनाउने हो भने गलत मार्गचित्र सच्च्याउने हिम्मत गर्नुपर्छ।’

उनको संकेत गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतातर्फ लक्षित थियो।

बेरोजगार समस्या र भ्रष्टाचार मुलुकको समृद्धिको प्रमुख बाधक रहेको चर्चा गर्दै उनले मुलुकमा संस्थागत र नितिगत रुपमा भ्रष्टाचार मौलाएको भन्दै आक्रोश व्यक्त गरे।

सो अबसरमा राप्रपाका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको स्मरण गर्दै थापाले उनीबाट आफुले प्रेरणा प्राप्त गरेको र उनको निकट रहेर काम गर्दा धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .