नेपालले नयाँ नक्सा संसदबाट पारित गरेसँगै नेता सुब्रमण्यमले नेपालसँगको परराष्ट्र नीति पुनर्विचार गर्नुपर्ने ट्वीटमा बताएका हुन्।
उनले आइतबार ट्वीटमा भनेका छन्,‘नेपालले भारतीय भूमी प्राप्त गर्नेबारे कसरी सोच्न सक्छ? उनीहरुको भावनामा के ले चोट पुर्यायो र भारतसँग सम्बन्ध तोड्न चाहन्छन्? के यो हाम्रो असफलता होईन? भारतले नेपालसँगको विदेश नीतिमाथि पुनर्विचार गर्नु आवश्यक छ।’
हालै नेपालले भारतले दाबी गर्दै आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सा सार्वजनिक गरेको छ। शनिबार मात्र यी भूभाग समेटिएको नक्सा नेपालको निशान छापमा अंकित हुने भनेर संविधान संसोधन भएको छ।
भारतले सुरुवातदेखि नेपालले एकलौटी हिसाबमा नक्सा सार्वजनिक गरेको आरोप लगाउँदै आएको छ। नेपालले प्रमाणसहित छलफल गर्न आफू तयार भएको बताइरहेको छ।
— Subramanian Swamy (@Swamy39) June 14, 2020How can Nepal think of asking for Indian territory? What has hurt their sentiments so much that they want to break with India? Is it not our failure? Need RESET in foreign policy too

प्रतिक्रिया