राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ ढकलबारीमा आएको पहिरोले भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
शनिबार साँझ अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा बेपत्ता ८ जनाको आइतबार दिउँसोसम्म शव निकालिएको छ भने एक जनाको अझै खोजी भइरहेको छ।
आइतबार अध्यक्ष तिमिल्सिनाले एक विद्दप्ति जारी गर्दै मानवीयर भौतिक षतिको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन्। उनले दुखद् घटनामा परी ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले संकटको यस घडीमा पहिरोमा परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तुरुन्त उद्दार, राहत, पुनर्स्थापन तथा पहिरोका कारण जोखिममा परेको वरपरको वस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सरकार तथा सम्बद्ध अधिकारीहरुलाई अनुरोध गरेका छन्।
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि एक विज्ञप्ति प्रकाशित गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया