कारोबार


सपिङ मलहरु भोलिदेखि खुल्ने

सपिङ मलहरु भोलिदेखि खुल्ने

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ८:५५,

व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन्।

सरकारले सपिङ मलहरु अहिले नै नखुलाउने निर्णय गरेको छ तर व्यवसायीहरुले भने लामो समय बन्द हुँदा समस्यामा बढ्दै गएको भन्दै खुल्ला गर्ने निर्णय गरेका छन्। आरबि कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वर्ल्ड ट्रेड सेन्टर लगायतका मलहरु सञ्चालन गर्ने तयारी व्यवसायीहरुले गरेका हुन्।

लकडाउन लम्बिदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरुले मलहरु सञ्चालन गर्न लागेका हुन्।

व्यसायीहरुले काममा फर्कनु पर्ने कुनै रहन नभई बाच्नको लागि बाध्यता भएको बताएका छन्। उनीहरुले सरकारले अन्य पसलहरु सञ्चालन गर्न दिने तर सपिङमलहरु सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोभिड १९ बाट बच्न न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाई मलहरु खोल्ने निर्णय गरेका हुन्।

व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा मास्क लगाउने, स्यानिटाइजको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad