नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शूल्क लिने कार्य बन्द गर्न माग गरेको हो।
सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोनजस्ता माध्यमबाट आगामी शैक्षिक सञको पठनपाठान सुरु गर्न र इन्टरनेट लगायतका सबै प्रविधिकको निःशूल्क व्यवस्था गर्न नेविसंघले माग गरेको हो।
नेविसंघले पुस्तक आयातमा लगाइको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्याललका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरी गर्नुपर्ने माग पनि अघि सारेको छ। यस्तै सरकारी विद्यालयहरुमा क्वारेन्टाइन निर्माण भएको अवस्थामा निजी विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ।
कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई परेको मनोसामाजिक समस्या निवारण गर्न गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रम नआउनु दुःखद भएको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताए।
नेविसंघले कक्षा ११ को परीक्षाफल पनि आन्तरिक मूल्यांकनका अधारमा गर्न आग्रह गरेको छ। ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले नेविसंघले उठाएक कतिपय मागहरु कार्यान्वयनको चरणमा रहेको र बाँकी विषयहरुमा छलफल गरी आवश्यक टुंगोमा पुग्ने बताए।

प्रतिक्रिया