स्वास्थ्य मन्त्री खाएमे मान्यालिचले पदबाट राजीनमा दिएको त्यहाँका राष्ट्रपति सेबेस्टियन पिनयेराले पुष्टि गरेका हुन्।
विपक्षी पार्टीले स्वास्थ्यमन्त्रीले कोरोना नियन्त्रण गर्न भूमिका खेल्न नसकेको भन्दै उनको चर्को आलोचना गरेका थिए।
स्वास्थ्यमन्त्रीले राजीनमा दिएपछि पनि मान्यालिचले राजीनामा गर्न ढिलो गरेको आरोप लगाएका छन्।
नयाँ स्वास्थ्यमन्त्रीको रुपमा अहिले एनरिक पेरीलाई नियुक्त गरिएको छ। उनले सबै मानिसको कुरा सुनेर स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने वाचा गरेका छन्।
चिलीमा हालसम्म ३ हजारभन्दा बढीको कोरोनाको कारण मृत्यु भएको छ। त्यहाँ १ लाख ६७ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ। एजेन्सी

प्रतिक्रिया