पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफराजा गिलानीलाई कोरोना संक्रमण भएको छ।
पाकिस्तानी सञ्चार माध्यमका अनुसार उनलाई शनिबार संक्रमण पुष्टि भएको हो।
पूर्वप्रधानमन्त्री गिलानीका छोरा कसिम गिलानीले आफ्ना पितालाई कोरोना संक्रमण हुनुमा प्रधानमन्त्री इमरान खान र नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी)लाई दोष लगाएका छन्।
कसिम गिलानीले ट्विट गर्दै भनेका छन्, ‘इमरान खानको सरकार र एनएबीलाई धन्यवाद, मेरो बुबाको जीवनलाई खतरामा राख्न सफल भएकामा। उहाँलाई कोरोना पुष्टि भएको छ।’
Thank you Imran Khan’s govt and National Accountibilty Burearu! You have successfully put my father’s life in danger. His COVID-19 result came postive. pic.twitter.com/VxiEXFOkZA
— Kasim Gilani (@KasimGillani) June 13, 2020६७ वर्षीय गिलानीलाई बिहीबार भ्रष्ट्राचार मुद्दाको सुनुवाइका लागि एनएबी कार्यालय लगिएको थियो। त्यसलगत्तै उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।
गिलानी सन् २००८ को मार्चमा प्रधानमन्त्री बनेका थिए। भ्रष्ट्राचारको आरोप लागेपछि उनी २०१२ अप्रिल अन्तिममा पदबाट हटेका थिए।

प्रतिक्रिया