समाज


सर्लाहीमा कोरोना संक्रमितको संख्या ४८१ पुग्यो

सर्लाहीमा कोरोना संक्रमितको संख्या ४८१ पुग्यो

नेपालखबर
जेठ ३२, २०७७ आइतबार २:९,

सर्लाहीमा कोरोना संक्रमितको संख्या चार सय ८१ पुगेको छ। शनिवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएसँगै सर्लाही जिल्लामा संक्रमितको संख्या चार सय ८१ पुगेको हो।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार शनिबार बागमती नगरपालिकाका १, बसबरिया गाउँपालिकाका १, हरिवन नगरपालिकाका २, ईश्वरपुर नगरपालिकाका ४ र विष्णु गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

शुक्रबार सर्लाहीमा ५८ जना संक्रमण पुष्टि भएको थियो। लालबन्दी बाहेक सर्लाहीका सबै स्थानीय तहमा कोरोना संक्रमित फेला परेका छन्। हरिवन नगरपालिकामा अहिलेसम्म ४० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

हरिवन नगरपालिकाले संक्रमण पुष्टि भएकालाई नयाँ बन्दै गरेको भवनमा निर्माण गरिएको आइसोलेसनमा राखेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad