राजनीति


नेपालकाे नयाँ नक्सा निशान छापमा राखिने भएपछि गगन थापाको ‘प्रोफाइल पिक्चर’ यस्तो

नेपालकाे नयाँ नक्सा निशान छापमा राखिने भएपछि गगन थापाको ‘प्रोफाइल पिक्चर’ यस्तो

नेपालखबर
जेठ ३१, २०७७ शनिबार १३:४९,

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्ने गरी शनिबार प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो फेसबुकमा ‘प्रोफाइल पिक्चर’ नै परिवर्तन गरेका छन्।

सांसदनेपालको नयाँ नक्सा निशान छापमा राख्न संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुईतिहाइभन्दा बढी मतले पारित भएको खुसीयालीमा सांसद थापाले आफ्नो छातीमा नयाँ नक्सा राखिएको प्रोफाइल पिक्चर फेसबुकमा अपलोड गरेका हुन्।

नयाँ प्रोफाइल पिक्चर राख्दै नेता थापाले स्टाटस लेखेका छन्, ‘सबै भन्दा माथि, नेपाल र नेपाली!’

उनको नयाँ प्रोफाइल पिक्चरलाई याे खबर लेख्दासम्म २८ हजार जनाले लाइक गरेका छन् भने १७ सय वटा कमेन्ट आएका छन्। यस्तै १६९ जनाले उनकाे प्राेफाइल पिक्चर सेयर गरेका छन्। 

 

याे पनि: संसद् छिर्नुअघि गगन थापाले भनेः घरभित्र सरकारसँग अनेक विमति छन् तर स्वाभिमानको लडाइँमा एक छौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .