राजनीति


प्रचण्डको भनाई विकृत र असन्तुलित मानसिकता: कमल थापा

प्रचण्डको भनाई विकृत र असन्तुलित मानसिकता: कमल थापा

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ९:५६,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको अभिव्यक्तिलाई विकृत र असन्तुलित मानसिकता भएको बताएका छन।

'राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता हो,' थापाको टिप्पणी छ, '१७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो।नेपालको एकिकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।'

संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथि प्रतिनिधिसभामा शनिबार दफाबार छलफलमा प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्र आएपछि फिर्ता ल्याउन लागेको बताएका थिए।

उक्त भनाईमा असन्तुष्टि जनाउँदै थापाले थपेका छन्, 'सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ। ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो। आश्चर्य लाग्छ। प्रचण्डको भनाई प्रति खेद व्यक्त गर्दछु।'

"राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो"भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता...

Posted by Kamal Thapa on Saturday, June 13, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad