ad ad

राजनीति


वार्तापछि गलवान उपत्यकाबाट चिनियाँ र भारतीय सेना पछाडि हट्न थाले

वार्तापछि गलवान उपत्यकाबाट चिनियाँ र भारतीय सेना पछाडि हट्न थाले

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ८:३४,

चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले बुधबार सीमा विवाद सुल्झाउनका लागि भारत र चीन दुवै पक्षले महत्वपूर्ण कदम चालेको बताएकी हुन्।

‘चीन र भारतले कुटनीतिक र सैन्य माध्यमहरुबाट सीमाको स्थितीका बारेमा प्रभावकारी सञ्चार गरेका छन्’ बुधबार चुनयिङले भनिन्,‘दुवै पक्ष सीमाको स्थिति सहज पार्ने कार्यहरु गर्न सहमत भएका छन्।’

यसैबीच चिनियाँ सेनाका स्रोतका अनुसार सीमा विवादबारे वार्तापछि चिनियाँ र भारतीय सेना ‘वास्तविक नियन्त्रण रेखा’ एलओसीबाट पछाडि हट्न थालेका छन्।

यस विषयमा भारतीय पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन। गत जुन ६ मा लद्दाखको सिमानामा रहेको गलवान उपत्यकाको विषयमा भारत र चीनबीच सेनास्तरीय वर्ता सम्पन्न भएको थियो।

पछिल्लो समय चिनियाँ र भारतीय सेना सीमानामा आमनेसामने हुँदा झडपकै अवस्था निम्तिएको थियो।

सोही तनाव कम गर्न र सीमा विवाद समाधान स्वरुप वार्ता भएको थियो।

लद्दाख नजिकको गलवान उपत्यका र पाङगोङ सो ताल भारत र चीनको सीमानामा पर्दछ। दुवै देशले आफ्नो दाबी गरेपछि यो क्षेत्र विवादित क्षेत्र हो।

भारतले विवादित क्षेत्रमा चिनियाँ गतिविधि बढेको र चिनियाँ पक्षले भारतीय गतिविधि बढेको अरोप लगाएपछि पछिल्लो सीमा विवाद सतहमा आएको हो।

भारतसँगको सीमा विवादको विषयका वार्ता जारी रहने चीनको विदेशमन्त्रालयले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .