ad ad

राजनीति


चीन-भारत तनाव : चीनले उदीयमान जर्नेललाई सीमामा खटायो

चीन-भारत तनाव : चीनले उदीयमान जर्नेललाई सीमामा खटायो

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ९:४८,

भारतसँग तनाव बढ्दै जाँदा चीनले जनमुक्ति सेनाका एक उदीयमान जर्नेललाई चीन–भारत सीमा हेर्ने सेनाको कमान्ड सुम्पिएको छ।

पीएलएको पश्चिम थिएटर कमान्डले भारतसँगको सीमाक्षेत्र हेर्छ। सो क्षेत्रको कमान्डरमा चीनले लेफ्टिनेन्ट जर्नेल चु किलिङलाई नियुक्त गरेको हो।

शनिबार मात्र चीन र भारतका सैन्य अधिकारीबीच लद्दाखमा वार्ता भएको थियो।

चु यसअघि पूर्वी थिएटर कमान्डका कमान्डर थिए। गत महिना समकक्षी हे वेइदोङसँग उनको बदली भएको हो।

सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि बढुवा भएका युवा जर्नेलमध्येका एक हुन् चु। उनले पीएलएको पाँचमध्ये चार थिएटर कमान्डमा काम गरिसकेका छन्। गत वर्ष मात्रै उनको लेफ्टिनेन्ट जर्नेलमा बढुवा भएको थियो।

‘भारतसँग तनाव बढ्दै गर्दा पश्चिम थिएटर कमान्डमा सेनाको नेतृत्व गर्न युवा कमान्डरको आवश्यकता पर्छ,’ एक सैन्य स्रोत भन्छ, ‘चु ५७ वर्षका भए। अर्थात् पूर्ववर्ती कमान्डरभन्दा उनी ५ वर्ष कान्छा छन्। पश्चिम थिएटर कमान्ड धेरै उचाइमा छ, जहाँ कम उमेरका मानिस समेत चाँडै वृद्ध हुन्छन्।’

सन् २०१७ को दोक्लम घटनापछि चीन–भारत सीमामा तनाव बढ्दै गएको छ। पछिल्ला दिनमा दुवै मुलुकले सीमा क्षेत्रमा सैनिक र हतियारको संख्या बढाएका छन्। लद्दाख र सिक्किमका सीमावर्ती क्षेत्रमा दुई मुलुकका सेनाबीच घम्साघम्सी समेत भएका छन्।

त्यसैले पश्चिम थिएटर कमान्ड सम्हाल्नु चुनौतीपूर्ण मानिएको छ।

‘पश्चिम थिएटर कमान्डमा चुको नयाँ पद उनको परीक्षा पनि हो,’ स्रोतले भन्यो, ‘यदि उनले चीन–भारत सीमा विवादलाई ठिकसँग सम्हाले भने उनी पीएलएको उच्च पदमा बढुवा हुनेछन्।’ एससीएमपी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .