ad ad

राजनीति


अमेरिकी प्रहरीमा सुधार ल्याउन विपक्षी डमोक्रेटिक पार्टीले ल्याए नयाँ विधेयक

अमेरिकी प्रहरीमा सुधार ल्याउन विपक्षी डमोक्रेटिक पार्टीले ल्याए नयाँ विधेयक

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ७:५३,

गत मे २५ देखि अमेरिकामा रंगभेदविरुद्ध आन्दालेन चर्किएको छ। मिनिसोटाको मिनियापोलिसमा प्रहरीले हथकडी लगाइएको जोर्ज फ्लोएडको घाँटीमा घुँडाले झन्डै ९ मिनेट थिच्दा उनको मृत्यु भएको थियो।

प्रहरीको रंगभेदी दृष्टिकोणका कारण फ्लोएडको हत्या भएको भन्दै यतिबेला विश्वभर ‘अश्वेतको जीवनले पनि अर्थ राख्छ’ भन्ने अभियान संचालन भइरहेको छ। हाल अमेरिकामा प्रदर्शन जारी छ।

डेमाक्रेटिक पार्टीले प्रस्ताव गरेको विधेयकमा प्रहरीको गल्ती छ भने उमाथि मुद्दा चलाउन सजिलो हुने उल्लेख गरिएको छ। विधेयकमा प्रहरीले घाँटी पक्रन नपाउने बताइएको छ साथै उक्त विधेयकले रंगभेदविरुद्ध आवाज उठाएको छ।

रिपब्लिकन पार्टीका सांसदले सिनेटमा यस विधेयकको पक्षमा वा विपक्षमा मतदान गर्छन् भन्ने अनुमान लगाउन सकिएको छैन।

यद्यपी राष्ट्रपतिका लागि चुनावी वर्ष रहेकाले डेमोक्रेटि पार्टीले अघि सारेको प्रस्तावमाथि राजनीतिक सहमति तत्काल बन्ने सम्भावना न्यून भएको अनुमान गरिएको छ।

कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी दासत्व युगको स्मरण गर्दै भनिन्, “अमेरिकामा रुपान्तरीय संरचनात्मक परिवर्तन नगरी हामी कुनै पनि कुराको समाधान गर्न सक्दैनौं।”

फ्लोएड मृत्यु प्रकरणपछि प्रदर्शनकारीहरुले प्रहरी विभागलाई पुनः संरचना गर्न माग गर्दै नारा लगाएका छन्। उनीहरुले प्रहरीका लागि भइरहेको खर्चमा कटौती गर्न पनि माग गरेका थिए।

तर राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने, “खर्च कटौती र प्रहरी सेवा भङ्ग, यी हुनै सक्दैनन्।”

डेमोक्र्याट नेताहरुले प्रहरी सेवा भङ्ग गर्न नचाहेको भन्दै राष्ट्रपतिको भनाईको प्रतिवाद गरेका थिए। पार्टीले अघि सारेको प्रस्तावले प्रहरीलाई अझ बढी जवाफदेही र पारदर्शी हुन मद्दत गर्ने उनीहरुको भनाई थियो।

अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनले प्रहरी सेवामा खर्च नगर्ने भनाई ठीक नभएको बताउँदै प्रहरीमा सुधारको आवश्यकतामाथि जोड दिएका छन्।

डेमोक्र्याट पार्टीले अघि सारेको प्रस्तावले प्रहरीलाई प्राप्त असीमित संरक्षणलाई सीमित गर्नेछ। यसबाहेक प्रस्तावले प्रहरीको अतिशय बल प्रयोग र घाँटीमा थिच्नबाट बन्चित गर्नेछ।

अनुशासनहीन कार्यमा संलग्न प्रहरीमाथि सहज रुपमा कारबाही चलाउन नयाँ प्रस्तावले सहयोग पुग्ने डेमोक्र्याट पार्टीको ठम्याई छ। एजेन्सी

यो पनि: ‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .