ad ad

राजनीति


१० अर्ब कहाँ खर्च भयो? यसो भन्छन स्वास्थ्यमन्त्री

१० अर्ब कहाँ खर्च भयो? यसो भन्छन स्वास्थ्यमन्त्री

नेपालखबर
जेठ २६, २०७७ सोमबार १२:१,

सांसदहरुले सरकारले कोरोना रोकथाम तथा उपचारका लागि खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब खोजेपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले त्यसको जवाफ दिएका छन।

मन्त्री ढकालले उक्त रकम तिनवटै निकायका सरकारले खर्च गरेको संसदमा बताए।

उक्त रकममध्ये ६ अर्ब ३ करोडमात्रै केन्द्रीय सरकारले खर्च गरेको उनले बताए। सो रकमबाट स्वास्थ्य मन्त्रालय तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का तर्फबाट खर्च भएको विवरण मन्त्री ढकालले सुनाएका थिए।

जसमध्ये २ अर्ब ९२ करोड ५५ लाख रुपैयाको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामाग्रीहरु खरिद गर्नमा खर्च गरेको ढकालले बताए।

यस्तै प्रदेश सरकारबाट १ अर्ब ८ करोड र हालसम्म ६४१ पालिकाबाट २ अर्ब ७६ करोड खर्च भएको विवरण प्राप्त भएको उनले बताए।

उक्त रकम क्वारेन्टिन बनाउँनदेखि आन्तरिक व्यवस्थापनमा पनि खर्च भएको मन्त्री ढकालको दाबी थियो।

राज्यको निकायबाट खर्च भएकाले सम्पूर्ण खर्च पारदर्शी रहेको र जतिबेला पनि हेर्न मिल्ने स्वास्थ्यमन्त्रीले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .