ad ad

राजनीति


प्रदेश सरकारप्रति सांसद बिडारीको कटाक्षः बाँदरको पुच्छर लौरो न हतियार

प्रदेश सरकारप्रति सांसद बिडारीको कटाक्षः बाँदरको पुच्छर लौरो न हतियार

नेपालखबर
जेठ २५, २०७७ आइतबार ९:४४,

नेकपाका सांसद रामनाराण बिडारीले प्रदेश सरकारलाई बाँदरको पुच्छर जस्तो बनाउन खोजिएको बताएका छन्।

आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले कोरोना रोकथामका लागि प्रदेश सकरारले कुनै काम नगर्ने तर गाडी किन्न तम्सिने गरेकाले बाँदरको पुच्छर जस्तो काम नलाग्ने भएको र विस्तारै हराउँदै जाने खतरा बढेको बताए।

उनले भने, ‘तीन तहको सरकार मध्ये एउटा सरकार धेरै सक्रिय भएको देखिएन। डार्विनको सिद्धान्त अनुसार विकासवादि सिद्धान्त, ‘थेउरी अफ इभोलुसन’ अनुसार जुन अंगले काम धेरै गर्दैन त्यो अंग विस्तारै लोप भएर जान्छ। यस्तै भयो कि प्रदेश सरकारको। प्रदेश सरकारलाई सक्रिय बनाउन किन सकिएन? यदि सक्रिय बनाउन सकिएन भने मलार्ई चिन्ता प-यो संघीयतामा आँच आउने भयो। त्यसैले महँगा गाडि किन्यो रे, प्रदेशले महँगा गाडि किन्यो रे, सरकारले विभिन्न सुविधा थप्यो रे, यस्तो प्रकारका समाचारहरु व्यापक रुपमा आइरहेका छन्। यो बेला विलाशिताको सामान किन्ने बेला होइन। उपचारमा सक्रियता चाहियो। नत्र उपयोगहिन अंग लोप हुन्छ। बाँदरको पुच्छर लौरो न हतियार भनेको टेक्न पनि नहुने कुट्न पनि नहुने अनि त्यो पुच्छर विस्तारै लोप भयो भनेजस्तै अहिलेको सरकार मध्ये प्रदेश सरकारलाई त्यस्तै बनाउन खोजिएको हो की कसो हो? यसको जवाफ चाहियो।’

विडारीले लकडाउनको अवस्थामा जोताएर खाने र जोतिएर खाने वर्ग दुवै पीडित बनेको बताए। लकडाउनका कारण दैनिक कमाई खाने वर्गलाई लकडाउनले सबैभन्दा ठूलो असर परेको तर सरकारको ध्यान त्यतातिर जान नसकेको उनको भनाई थियो।

उनले भने, ‘जोताएर खाने एउटा वर्ग, जोतिएर खाने अर्को वर्ग, जोताएर खाने वर्ग र जोतिएर खाने वर्ग दुवै अहिले पीडित छन्। दैनिक कमाई गरेर खर्च गर्ने एकथरी, महिनादिन कमाएर खर्च धान्ने एकथरी, संगठित संस्थाका श्रमिकहरु र असंगठित संस्थाका श्रमिकहरुको बिचमा ड्राइभर, खलासी, भरिया र किसान इत्यादिलाई लकडाउनले ठूलो भन्दा ठूलो असर प-यो। सरकरको ध्यान त्यता अलिबढी जानु प-यो अहिले गएको पुगेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .