ad ad

कारोबार


नेपालको सेयरबजारलाई सार्क राष्ट्रहरुसँग जोड्नुपर्छ : अर्थमन्त्री खतिवडा

नेपालको सेयरबजारलाई सार्क राष्ट्रहरुसँग जोड्नुपर्छ : अर्थमन्त्री खतिवडा

नेपालखबर
जेठ २५, २०७७ आइतबार ९:४५,

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको सेयरबजारलाई सार्क राष्ट्रहरुसँग जोड्नुपर्ने बताएका छन्।

नेपाल धितोपत्र बोर्डको २७औँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा बोल्ने क्रममा उनले सार्क राष्ट्रहरुसँग व्यापारमा मात्रै जोडिएकाले अब पुँजी बजारमा पनि जोडिनुपर्ने बताएका हुन्।

उनले भने, ‘सार्क राष्ट्रहरुसँगको सहकार्य अब सोच्नुपर्ने बेला आएको छ। त्यसबाट प्रविधि हस्तान्तरण पनि गर्नुपर्नेछ।’

साथै निजी क्षेत्रको पुँजी पनि यसमा परिचालन गर्नुपर्ने आवश्यकता देखिएकोले धितोपत्र बोर्डले त्यसमा केन्द्रित रहेर काम गर्न पनि उनले निर्देशन दिए।

उनले भने, ‘धितोपत्र बजार सञ्चालनको लागि नियमन मात्रै गरेर हुँदैन। तरलता पनि चाहिन्छ। मार्जिनको कुरा पनि त्योसँग जोडिएको छ। अनलाइनको व्यवस्था पहुँच पनि पुर्याउनुपर्छ।’

खाता भएर मात्र पनि नहुने भएकाले सेयरबजारमा सर्वसाधारणको सहभागिता सुनिश्चितता गर्न ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .