ad ad

राजनीति


डा. भट्टराईले भने: महान्यायधिवक्ताको भनाइले रुकुम नरसंहार लुकाउन राज्य नै लागेको प्रस्ट

डा. भट्टराईले भने: महान्यायधिवक्ताको भनाइले रुकुम नरसंहार लुकाउन राज्य नै लागेको प्रस्ट

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ८:४६,

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुकुम चौरजहारीमा भएकाे नरसंहार ढाकछोप गर्न राज्य नै लागिपरेको आरोप लगाएका छन्।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै डा. भट्टराईले महान्यायधिवक्ता अग्नि खरेलले रुकुम चौरजहारीमा प्रेमिका लिन गएका जाजरकोट भेरीका नवराज विकसहित ६ जनाको हत्या नै भएको हो भन्ने ‘अनुसन्धानले पुष्टि नगर्ने’ भन्नुले यो नरसंहार लुकाउन राज्य नै लागिपरेको प्रस्ट भएको दाबी गरेका हुन्।

याे पनि: रुकुम घटनाबारे मिडियामा जे आएको छ, अनुसन्धानले त्यो पुष्टि गर्ने वाला छैनः अग्नि खरेल (भिडियो)

उनले स्टाटस लेखेका छन्, ‘मुद्दा चलाउने अड्डाका प्रमुखले नै यसो भनेसि सक्किगो! त्यसो त सांसद अपहरणकाण्ड फासफुस पारेकै हो! संसदीय छानबिन निम्ति लडौं!’

 

याे पनि: रुकुम घटनाः पीडितको जाहेरीभन्दा थप व्यक्ति छानबिनमा तानिँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .