ad ad

रोचक


बीए पढ्ने यी युवती छानामाथि चढेर लिन्छिन् अनलाइन कक्षा!

बीए पढ्ने यी युवती छानामाथि चढेर लिन्छिन् अनलाइन कक्षा!

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ९:४,

कोरोनाका कारण लाखौं संक्रमित छन् भने लाखौंले ज्यान गुमाएका छन्। विभिन्न देशमा लकडाउन लागू गरिएको छ भने डब्लूएचओले शारीरिक दुरीको नियम पालना गर्न भनेको छ।

यस्तो अवस्थामा विश्वभरका विद्यालय संचालनमा ठूलो धक्का लागेको छ। तर विद्यालयहरुले भिडियो एप्लिकेसनको प्रयोग गरेर अनलाइन कक्षा भने संचालन गर्न थालेका छन्।

तर अनलाइन कक्षा सबैको पहुँचमा भने पुग्न सकेको छैन। यतिबेला विश्वभर डिजिटल डिभाइडको मुद्दा उठ्न थालेको छ।

अनलाइन कक्षा हुनेखाने बर्गको लागि मात्र उचित देखिएको र सामान्य परिवारले यो महँगो भएका कारण प्रयोग गर्न नसकेको बताउन थालिएको छ।

यसबीचमा भारतकी नमिथा नारायनन् जो बीए इंग्लीस पाँचौ सेमेस्टरकी विद्यार्थी हुन् उनले पनि अनलाइन कक्षा लिइरहेकी छिन्।

तर घरमै अनलाइन कक्षा लिन उनलाई निकै गाह्रो देखिएको छ। उनको एक तस्बिर सार्वजनिक भएको छ।

जहाँ उनी घरको छानामाथि चढेर मोबाइल नेटवर्क आउने ठाउँमा बसेर अनलाइन कक्षा लिइरहेकी छिन्।

केरलास्थित अरिकालमा घर भएकी उनी भन्छिन्,‘मैले बिभिन्न टेलिकमको सिम कार्ड प्रयोग गरेर राम्रो नेटवर्क पाउन प्रयास गरेको छु। अनलाइन कक्षा लिन निकै गाह्रो भइरहेको छ।’ द हिन्दु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .