राजनीति


भारतका रक्षासचिवलाई कोरोना पुष्टि, मन्त्री राजनाथ गएनन् मन्त्रालय

भारतका रक्षासचिवलाई कोरोना पुष्टि, मन्त्री राजनाथ गएनन् मन्त्रालय

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ६:१७,

भारतका रक्षासचिव अजयकुमारलाई कोरोना संक्रमण भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार रक्षा सचिव अजयकुमारलाई मंगलबार संक्रमण पुष्टि भएको हो।

सचिवलाई कोरोना पुष्टि भएछि रक्षामन्त्री राजनाथ सिंहलगायत रक्षा मन्त्रालयका अन्य अधिकारी बुधबार कार्यालय नगएको समाचारमा उल्लेख छ।

टाइम्स अफ इन्डियाका अनुसार ती सचिवको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ भने साउथ ब्लकस्थित कार्यालयलाई नीर्मलीकरण गर्ने काम भइरहेको छ।

स्रोतलाई उधृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ- ‘पछिल्ला केही दिनमा रक्षा सचिवसँग झन्डै ३० मानिस सम्पर्कमा आएको पाइएको छ।’

भारतको रक्षा मन्त्रालय प्रवक्ता भारतभुषण बाबुले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

रक्षा सचिव अजयकुमार कोरोना संक्रमण हुने उच्च ओहोदाका पहिलो भारतीय कर्मचारी बनेका छन्। उनलाई ज्वरो आएको छ र अरू सामान्य लक्षण पनि देखिएका छन्। संक्रमण पुष्टि भएपछि उनी अहिले घरमै क्वारेन्टिनमा बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad