चीनको एक प्राथमिक विद्यालयमा बिहीबार बिहानै चक्कु आतंक मच्चिएको छ।
स्थानीय समयअनुसार बिहान साढे ८ बजे वुजाउस्थित वाङ्फुको सेन्ट्रल प्राइमेरी स्कुलमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरेको एससीएमपीले जनाएको छ।
चक्कुको आक्रमणबाट ४० जना घाइते भएका छन्।
सोही विद्यालयमा कार्यरत ५० वर्षका सुरक्षागार्ड लि सियोमिन यस आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ।
घाइते हुनेहरुमा आधिकांश विद्यार्थीहरु भएको बताइएको छ। केही शिक्षकहरु पनि घाइते भएका छन्।
आठ वटा एम्बुलेन्समा घाइतेहरुलाई अस्पताल लगिएको थियो। घटनामा कसैको अवस्था गम्भीर नबनेको बताइएको छ।

प्रतिक्रिया