प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘विप्लव’ समूहको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन्।
शुक्रबार माइतीघरबाट उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए।
अमेरिकी सहयोग कार्यक्रम एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा ढकाल पनि सहभागी थिए।
ढकालविरुद्ध अनुसन्धान भइरहेको डीएसपी केसीले बताए। उनलाई काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको छ।
यसअघि मंगलबार नै कैलालीबाट विप्लव समूहकी पोलिटब्युरो सदस्य उमा भुजेल पक्राउ परेकी थिइन्।
उनलाई गोरखामा राखिएको छ। उनीविरुद्ध त्यहाँ शान्तिविरुद्धको अपराधमा मुद्दा थियो।

प्रतिक्रिया