आफ्नो भूमिमा ठूलो संख्यामा चिनियाँ सैनिक प्रवेश गरेको भन्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले मंगलबार आफूहरुले चिनियाँ हस्तक्षेप रोक्न आवश्यक कदम चालेको बताएका थिए।
सीमा विवादबारे चीनसँग भारतको वार्ता भइरहेको पनि सिंहले बताएका थिए। गएको केही हप्तादेखि पूर्वी लद्दाख र सिक्किम नजिकको वास्तविक नियन्त्रण रेखा नजिक भारत र चीनका सेना आमने सामने भएका छन्। दुवै सेनाबीच झडप भएको खबर पनि छ।
भारत र चीनका हजारौं सैनिक विवादित क्षेत्र गलवान र पानगोङमा आमने सामने तैनाथ छन्।
भिडियो
— Dr. APR ??? (@drapr007) May 30, 2020This push punch and stone pelting can turn into an armed conflict at any time. I am confident that our soldiers will one day drink sugar drink.
Don't surprise if one day you wake-up in the morning and get news - Aksai Chin has been freed from Chinese occupation. #LAC #Laddakh pic.twitter.com/i5OLUeARPs
यसबीचमा सो क्षेत्रमा भारतीय सेनाले चिनियाँ सेनलाई पिटेको भनेर दाबी गरिएको भिडियो भारतीय सामाजिक संजालमा भाइरल बनेका छन्। भिडियोमा भारतीय सेनाले एक चिनियाँ सेनालाई पिटेको देखिएको छ।
तर भारतीय सेनाले उक्त भिडियोमा सत्यता नभएको प्रतिक्रिया जनाएको छ। उक्त भिडियो भाइरल बनेसँगै चिनियाँ सामाजिक संजालमा भारतीय सेनाहरु चिनियाँ सेनाबाट पिटिएको भनेर फोटोहरु सार्वजनिक गरिएका छन्।
केही समय अगाडि लद्दाख र सिक्किमको सिमानामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा दुवै तर्फको गरी ११ सेना घाइते भएका थिए।


प्रतिक्रिया