सरकारले तीन देशमा काउन्सिलर (श्रम) तथा श्रम सहचारी नियुक्त गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि श्रम काउन्सिलर तथा श्रम सहचारी छनोट गरेको हो।
सामाजिक सुरक्षा कोषमा कार्यरत उपसचिव रमा भट्टराई दक्षिण कोरिया, ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनाल कतार र श्रम मन्त्रालयमा कार्यरत दीपक ढकाल मलेसियाका लागि छनोट भएका छन्।
मन्त्रालयले गएको मसिर २६ गते सूचना जारी गर्दै निवेदन माग गरेको थियो।
प्रतिक्रिया