ad ad

समाज


विदेशबाट फर्किंदा यस्ता कागजात भएकाले पाउनेछन् पहिलो प्राथमिकता

विदेशबाट फर्किंदा यस्ता कागजात भएकाले पाउनेछन् पहिलो प्राथमिकता

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १३:३०,

विदेशबाट नेपाल फर्किने प्राथमिकतामा पर्न अत्यावश्यक ठहरिने कागजात पनि चाहिने भएको छ। कतारस्थित नेपाली दूतावासले मंगलबार सूचना जारी गर्दै त्यस्ता कागजात जेठ २५ गतेसम्ममा उपलब्ध गराउन भनेको छ।

कोरोना महामारीकाबीच स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने भएको छ।

पहिलो प्राथमिकतामा सुत्केरी तथा गर्भवती महिला, कोरोनाबाहेक रोगका गम्भीर बिरामी, अध्ययन समाप्त भएका विद्यार्थी, आफन्तको काजक्रियामा फर्किनु पर्नेहरु रहेका छन्।

यस्तै, ती देशका भिसाको म्याद सकिएका र करार अवधि सकिएका कामदारलाई फर्काइनेछ। तर उनीहरुले यसका लागि प्रमाण पेस गर्नुपर्ने दूतावासले जनाएको छ।

सुत्केरी महिलाले बच्चाको जन्मदर्ता र गर्भवतीले पनि त्यो पुष्टि गर्ने कागजात पेस गर्नुपर्नेछ। स्वास्थ्य समस्या भएकाले अस्पतालको कागजात र विद्यार्थीले पनि अध्ययन सकिएको ठहरिने कागजात पेस गर्नुपर्नेछ। यी कागजात पेस गरेपछि मात्रै दूतावासले फर्काउने प्राथमिकतामा राख्नेछ।

काजकिरियामा फर्किनेहरुले कन्सुलर सेवा विभागबाट मृत्युदर्ताको प्रमाण पत्र पेस गर्नुपर्नेछ। करार अवधि सकिएको र भिसाको म्याद सकिएकाले पनि त्यो पुष्टि हुने कागजात दिनुपर्नेछ।

भिजिट भिसा वा बिजनेस भिसामा गएर अलपत्र परेकाले भिसा र राहदानीको प्रतिलिपि पेस गर्नु पर्ने दूतावासले जनाएको छ।

यसअघि नै हवाई टिकट काटिसकेका तर कोरोना संक्रमणको जोखिमका कारण फर्किने नपाएकाले यसअघिको टिकट पेस गर्नुपर्नेछ। लाग्ने खर्च र स्वदेश फर्किने प्रक्रिया दूतावासले वेबसाइट र फेसबुक पेज मार्फत जानकारी गराउने भएको छ।

यस्तै फर्किनेहरुले कोरोना परीक्षणको प्रमाण पत्र पनि देखाउनु पर्नेछ।

हवाई टिकट, होटलमा बस्नेले त्यसको खर्च आफैँ व्यहोर्नुपर्नेछ। यो खर्च रोजगारदाता वा म्यानपावर कम्पनीले बेहोरेमा उनीहरुले बाँकी रकम मात्रै तिरे पुग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .