श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले एकतन्त्रीय शासन चलाउनेहरूले संघीयताबारे भ्रम सिर्जना गरेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक राईले संघीयता खर्चिलो भएको भनेर भ्रम सिर्जना गरिएको बताए। ‘एकतन्त्रीय शासन चलाउनेहरूले संघीयताबारे भ्रम सिर्जना गरेका छन्,’ राईले भने, ‘सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्न सकिएला, संघीयतामाथि हस्तक्षेप गर्नुहुँदैन।’
उनले संविधान संशोधनका नाममा संघीयतामाथि छेडखानी नगर्न सरकारलाई चेतावनी दिए। ‘सरकारले धारेहात लगाएर संघीयतामा छेडखानी गर्न खोजिरहेको छ,’ उनले भने।
सरकार लोकतान्त्रिक वित्रिमा चल्नुपर्ने उनको भनाइ थियो। ‘सरकार सुपर वेमा होइन, लोकतान्त्रिक विधि र प्रक्रियाको वेमा चलाउनुस्,’ उनले भने।
सरकारले तानाशाही ढंगले जनताका अधिकार कुण्ठित गर्न खोजेको उनको आरोप थियो। ‘सरकार हौसिनु हुँदैन, उम्लिनु हुँदैन। उम्लिए पोखिन्छ,’ राईले भने।
Shares

प्रतिक्रिया