ad ad

राजनीति


पदोन्नती भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

पदोन्नती भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १२:४५,

प्रधानसेनापति पूर्णचन्द्र थापाले विभिन्न पदमा पदोन्नती भएका सैनिक अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

नेपाल सरकार, मन्त्रिपरिषद्को यही जेठ १२ गतेको निर्णय अनुसार श्री वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक रथी तथा अधिकृतहरुलाई आज जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

समारोहमा प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका वीरेन्द्र अस्पतालका सहायक रथी डा. नगेन्द्र बहादुर केसी, प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका सोही अस्पतालका प्राविधिक महा सेनानी डा. भरत बहादुर भण्डारी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति भएका सोही अस्पतालका प्राविधिक प्रमुख सेनानी डा. सुमनराज डंगोललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

army-darjyani-2_16.jpg

साथै, पदोन्नति भएका प्राविधिक उपरथी डा. नगेन्द्र बहादुर केसीलाई सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरेको छ भने अन्य रथीबृन्द तथा अधिकृतहरुलाई सोही अस्पतालमा पदस्थापन गरिएको सेनाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .