राजनीति


कार्यक्रम स्थलबाट निस्कन खोज्दा अवरोध भयोः मन्त्री पण्डित

कार्यक्रम स्थलबाट  निस्कन खोज्दा अवरोध भयोः मन्त्री पण्डित

नेपालखबर
असार २७, २०७६ शुक्रबार ८:२८,

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदर्शनकारीहरुले एउटा समूहले कार्यक्रमस्थलबाट बाहिर निस्कन खोज्दा बाटोमा अवरोध गर्न खोजेको बताएका छन्।

मन्त्री पण्डितले अवरोध गर्न खोज्ने र प्रदर्शनमा उत्रिनेहरु आयोजक नभै अन्य व्यक्तिहरु भएको प्रस्ट पारे।

‘कार्यक्रम सकिएपछि बाहिरि निस्कन खोज्दा केहीले बाटोमा अवरोध गर्न खोजे। खासै केही भएको होइन,’ पण्डितले नेपालखबरसँग भने, ‘उनीहरु आयोजकहरु होइनन्। बैठकस्थलबाट निस्कने ठाउँ सानो थियो। त्यही अवरोध गर्न खोजेका थिए।’

शुक्रबार बिहान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालन समितिमा बैठकमा आदिवासी जनजाति युवा विद्यार्थीहरुको समूहले विरोध प्रदर्शन गरेका थियो।

पण्डित प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको अध्यक्षता गर्न ललितपुरको जवालाखेल पुगेका थिए। लोकसेवा आयोगको विज्ञापनको विषयलाई लिएर उनीहरुले प्रदर्शन गरेका थिए। कालो झण्डासहित विरोधमा उत्रिएका प्रदर्शनकारीले मन्त्री पण्डितको राजीनामा, लोकसेवा आयोगका विज्ञापानका खारेजीको नारावाजी गरेका थिए।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह घानुक मन्त्रीमाथि कालो झण्डा देखाउने काम भएको बताए। उनले केहीबेरको प्रदर्शनपछि उनीहरु तितरबितर भएको र कालो झण्डा देखाउनेहरुको खोजी भइरहेको जानकारी दिए।

 लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि ९ हजार १ सय ६१ कर्मचारीको विज्ञापन गरेको छ। आदिवासी जनजाति समूहले संविधानमा रहेको समावेशीकरणको विपरीत भएको भन्दै खारेजीको माग गर्दैै आएका छन्। संसदीय समितिले खारेजी गर्न निर्देशन दिएको छ भने विज्ञापनसम्बन्धी विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेको थियो।

सर्वोच्च अदालतमा अग्राधिकार राखेको यो मुद्दाको अदालतले अन्तरिम आदेश भने दिएन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad