प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित हुने भएको छ।
आजको बैठकपछि दुई साताको लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्ने तयारी भएको हो।
‘सरकारले विजनेस नल्याएकाले प्रतिनिधिसभा बैठक स्थगित हुने अवस्था आएको हो,’ नेकपाका प्रमुख सचेतक युवराज दुललले भने, ‘प्रतिनिधिसभाका लागि आजदेखि विजनेस सकिन्छ, सरकारले विधेयक नै संसद्मा टेबल गर्न नसक्दा बैठक स्थगित हुने अवस्था आयो।’
अर्को बैठक साउन १३/१४ गते राख्ने सहमति आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको हो।
बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्नुअघि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो।
कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नकै आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो।

288
Shares

प्रतिक्रिया