राजनीति


स्वतन्त्र ताइवान पक्षधरबाट खतरा भएको भन्दै चीनले सेनालाई युद्धका लागि तयार हुन भन्यो

स्वतन्त्र ताइवान पक्षधरबाट खतरा भएको भन्दै चीनले सेनालाई युद्धका लागि तयार हुन भन्यो

नेपालखबर
जेठ १४, २०७७ बुधबार ११:५५,

स्वतन्त्र ताइवान पक्षधरबाट सुरक्षा खतरा उत्पन्न भएको बताउँदै सीले मंगलबार सेनालाई युद्धका लागि तयार हुन निर्देशन दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ताइवानले आफू लोकतान्त्रिक मुलुक भएको बताउँछ तर चीनले ताइवानलाई आफ्नो मुलुकको अंगको रुपमा हेर्ने गरेको छ।

चीनले आवश्यक परेको खण्डमा आफूले शक्ति लगाएर ताइवान कब्जा पनि गर्नसक्ने बताउँदै आएको छ।

चीनले ताइवानलाई अलग देश मान्ने देशसँग कुटनीतिक सम्बन्ध पनि गाँस्दैन।

यसबीचमा हालै ताइवानी राष्ट्रपति साइ इंग–वेनले चीनले ताइवानलाई आफ्नो क्षेत्र सम्झनु बुझाईमा कमजोरी भएको बताएकी थिइन्।

उनले चीनको एक देश दुई नीति आफ्नो देशमा नचल्ने चीनलाई चेतावनी पनि दिएकी थिइन्। अमेरिकाले भने ताइवानलाई चीनविरुद्ध साथ दिँदै आएको छ।

गतहप्ता मात्र ताइवानले चीनबाट खतरा महसुस भएको बताउँदै यसवर्ष क्षेप्यास्त्र विकासका कार्यक्रमहरु सन्चालन गरिने तथा सेना बलियो बनाउने कार्यक्रम अगाडि बढ्ने बताएको थियो।

यसबीचमा चीनले स्वतन्त्र ताइवान चाहने शक्तिबाट खतरा उत्पन्न भएको बताउँदै आफ्ना सेनालाई युद्धका लागि तयार हुन निर्देशन दिएको हो।

मंगलबारको नेसनल पिपुल्स कँग्रेसको वैठकमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीले कोरोना प्रकोपका बेला सेनाले संकट व्यवस्थापन गर्न ठूलो भूमिका खेलेको भन्दै सेनाको प्रशंसा गरेका थिए।

चीनले यसवर्ष रक्षा बजेट समेत बढाएको छ। सुरक्षा खतारा उत्पन्न भएकाले चीनमा सुरक्षा बजेट बढेको बताइएको छ।

प्रधानमन्त्री लि खछ्याङका अनुसार गतवर्षको भन्दा ६.६ प्रतिशतले रक्षा बजेट बढाइएको छ।

कोरोना प्रकोपबीच चीनको अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ। यद्यपी आफ्नो देशको सुरक्षालाई थप मजबुत बनाउन र सेना शक्तिशाली बनाउन चीन सरकारले पहिलेभन्दा अहिले रक्षा बजेट वृद्धि गरेको हो।

सीले चिनियाँ सेनालाई सरकार, कम्युनिष्ट पार्टी र जनताले ज्यादै भरोसा गर्ने उल्लेख गरेका थिए।

सैन्य विकास सम्बन्धी १३ औं पन्चवर्षीय योजना यसैवर्ष समाप्त हुने बताउँदै सीले सेना शक्तिशाली बनाउने योजनाका साथ चीन लागेको बताए।

उनले सेना र रक्षा प्रणाली सुधार्ने आगामी योजना पनि बनिरहेको बताए एजेन्सी

यो पनि।

चीनबाट खतरा महसुस हुन थालेपछि ताइवानले क्षेप्यास्त्र कार्यक्रम अगाडि बढाउँदै

ताइवानले भन्योः चीनको एक देश दुई प्रणाली यहाँ चल्दैन

ताइवानलाई लोकतान्त्रिक मुलुक भनेपछि अमेरिकासँग चीन रुष्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad