ad ad

समाज


रुकुम हत्याकाण्ड : स्थानीयले भेटे अर्का युवाको शव, दुई जना अझै बेपत्ता

रुकुम हत्याकाण्ड : स्थानीयले भेटे अर्का युवाको शव, दुई जना अझै बेपत्ता

नेपालखबर
जेठ १४, २०७७ बुधबार ११:४१,

रुकुम पश्चिममा भएको घटनापछि बेपत्ता तीन जनामध्ये एक जनाको शव स्थानीयले भेरी नदीको किनारमा फेला पारेका छन्।

बुधबार दिउँसो स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जाजरकोटका प्रहरी प्रमुख (डीएसपी) किशोर श्रेष्ठले बताए। भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनारको शव फेला परेको हो।

भेरी नगरपालिका १३ स्थित उदु नजिकै भेरीको किनारमा शव भेटिएको डीएसपी श्रेष्ठले बताए।

भेरी नगरपालिका वडा नं ११ कै गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन्। भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ।

हराइरहेका युवाहरुको खोजीका लागि मंगलबारबाट भेरी नदीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्मबाट डीएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल ४७ नं गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ४ जना बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन गरिएको हो।

केटी भगाउन आएका जाजरकोटका युवालाई शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा स्थानीयले लखेटेर हत्या गरेका हुन्। घटनामा संलग्न ८ जनालाई रुकुम पश्चिम प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .