प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले संविधान संशोधन ‘फास्ट ट्रयाक’बाट पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्।
उनले यसको औपचारिकता पूरा गर्न पार्टी सभापति शेरबहादुर देउवालाई भोलि नै केन्द्रीय समितिको बैठक बोलाउन समेत आग्रह गरेका छन्।
बुधबार दिउँसो सामाजिक सञ्जाल ट्टिरमा एक ट्विट लेख्दै सांसद थापाले भोलि नै केन्द्रीय समितिको बैठक बोलाइ औपचारिकता पूरा गर्न र फास्ट ट्रयाकबाट संविधान संशोधन पारित गर्ने प्रस्ताव गरेका हुन्।
‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो’, ट्विटरमा उनले लेखेका छन्, ‘शेरबहादुर देउवाज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौं र ‘फास्ट ट्रयाक’बाट संविधान संशोधन पारित गरौं।’
— Gagan Thapa (@thapagk) May 27, 2020परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो।@DeubaSherbdr भोलि नै वैठक बोलाई यो औपचारिकता पूरा गरौं र
'फास्ट ट्रयाक'बाट संविधान संसोधन पारित गरौं।
त्यस्तै कांग्रेसका अर्का नेता धनराज गुरुङले पनि औपचारिकताका लागि भोलि नै केन्द्रीय समितिको बैठक बसेर यसबारे निर्णय गर्नुपर्ने बताएका छन्।
उनले नेतृत्वले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने संशोधन प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेको भन्दै छोटो बाटोबाट संविधान संशोधन गर्नुपर्ने बताए।
‘कांग्रेस नेतृत्वबाट परिवर्तित नक्सालाई संविधानको अंग बनाउने संशोधन प्रस्तावको पक्षमा उभिने निर्णय भैसकेको छ। आदरणीय सभापति शेरबहादुर देउवाज्यू औपचारिकताको लागि भोलि नै केन्द्रीय समितिको बैठक बसौं। शीघ्र बाटोबाट संविधान संशोधन गरौं’, नेता गुरुङ्ले ट्विटरमा लेखेका छन्।
ब्यबस्थित कोरेन्टिन बनाउन स्थानीय तहलाई बजेट नदिएर संक्रमणको केन्द्र बनाउने। मरेपछि बल्ल पिसिआर परिक्षण गराउने। लकडाउनको २ महिना बितिसक्दा पनि जनतालाई राहत प्याकेज नदिने। @hello_sarkar सांसद विकास कोषलाई दिने बजेट त छ नि, हैन? यो जनताको सरकार हो कि जनतामारा सरकार हो?
— Dhan Raj Gurung (@dhanrgrg) May 27, 2020सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएपछि संविधान संशोधनको तयारी थालेको छ।
याे पनि:
किन हट्यो संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचीबाट?

प्रतिक्रिया