इरानका विदेशमन्त्री अब्बास अराघचीले धम्की जारी रहेसम्म अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता सुरु नहुने बताएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि सम्झौता भएन भने लक्ष्य पूरा नभएसम्म हमला जारी रहने चेतावनी दिएपछि अराघचीको जवाफ आएको हो।
बीबीसी फारसी सेवाका अनुसार उनले मंगलबार भने, ‘संयुक्त राज्य अमेरिकासँगको सम्झौता (एमओयू) को धारा १३ पूर्ण रूपमा स्पष्ट र असन्दिग्ध छ। इरानविरुद्धको धम्की जारी रहेसम्म अन्तिम सम्झौताका लागि वार्ता सुरु हुने छैन। तपाईंले हस्ताक्षर गर्नुभएको कुरामा अडिग रहनुहोस्।’
आजै केही घण्टाअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानलाई धम्की दिँदै भनेका छन्, ‘हामी कि सम्झौतामा पुग्नेछौँ कि काम समाप्त गर्नेछौँ।’
हालै विज्ञप्तिमा अराघचीले अयातोल्लाह अली खामेनीको अन्त्येष्टि उल्लेख गर्दै भनेका छन्, ‘लाखौँ इरानी एकताबद्ध हुँदै आफ्ना इरानका पूर्वनेतालाई श्रद्धाञ्जली दिन भेला भएका छन्। इरानी जनता र बहादुर सेना कुनै पनि खतराबाट डराउँदैनन्।’
Shares

प्रतिक्रिया