ad ad

समाज


रुकुम घटनाको छानबिन गर्न १३५ नागरिक अगुवाहरुको माग

रुकुम घटनाको छानबिन गर्न १३५ नागरिक अगुवाहरुको माग

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १६:३१,

पश्चिम रुकुममा भएको जातीय हिंसाको घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कारबाही गर्न १३५ जना नागरिक अगुवाहरुले सामूहिक अपिल गरेका छन्।

मंगलबार अपिल प्रकाशित गरी उनीहरुले सोे ‘अमानवीय घटना निर्वाचित पदाधिकारीको अगुवाइमा जातवादीहरुको सामूहिक र साम्प्रदायिक भीडद्वारा रचना गरिएको नरसंहारको रुपमा देखिएको’ दाबी गरेका छन्।

यस्तै, यसअघिका यस्तै घटनामा संगीता नेपाली (म्याग्दी), सविता विक (बागलुङ), शिव शंकर दास (सप्तरी), अश्मिता तोलांगे (झापा), माया तिरुवा (सिन्धुपाल्चोक), अगिरा पासी (रुपन्देही), बिनु पुलामी (पाल्पा) लगायतका दर्जनौं दलित युवा तथा जोडीहरूलाई आत्महत्या तथा सामूहिक आत्महत्या गर्न बाध्य पारिएका अधिकांश घटनामा सरकारको ध्यान नसकेको नागरिक अगुवाहरुको गुनासो छ।

सामाजिक कार्यकर्ता विमल अमात्य, दलित होमस्टे अभियन्त वियराज पौडेललगायतका अगुवाहरुले प्रकाशित गरेको सो विज्ञप्तिमा ५ बुँदे माग समावेश गरिएको छ, ति यस्ता छन्ः

१) जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र रुकुम चौरजहारी नगरपालिका(–८ की मल्ल युवतीबीचको प्रेम सम्बन्धका कारण स्थानीयले नवराजसहित तीन जनाका हत्या गरिएको र अन्य तीनजनालाई बेपत्ता पारिएको नरसंहारका पीडितको न्याय र पीडकलाई हदैसम्मको कारबाही होस्। पीडित परिवारहरुका साथै मल्ल युवतीको मानसिक र भौतिक सुरक्षाको बारेमा पनि आवश्यक कदम चालिनुपर्दछ।

२) दलितमाथि भएका अत्याचार, हत्या र अपराधका घटनामा राज्यशक्ति, राजनीतिक दल र कथित उपल्ला जातिको षड्यन्त्र र दबाबका कारण पीडितले न्याय नपाउने अवस्था रहँदै आएको छ। यस्ता घटनामा कुनै पनि राजनीतिक दबाब र प्रभावमा पार्ने काम बन्द गरियोस्।

३) देशैभरि अन्तरजातीय विवाहका कारण हत्या गरिएका र दबाबका कारण आत्महत्या गर्ने अवस्थामा पुर्याइएका सबै घटनाको छानबिन गर्नका लागि उच्चस्तरीय संसदीय समितिको तुरुन्त गठन गरियोस्। समितिको नेतृत्व दलित समुदायका सांसदलाई दिइयोस्।

४) रुकुम हत्याकाण्डको स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय नागरिक आयोग गठन गरियोस्।

५) कोरोना महाव्याधीको संकटको बाहानामा दलितमाथि भइरहेका क्रूर, अमानवीय अत्याचारका घटनामा दोषीलाई उम्कन नदिई उपलब्ध संवैधानिक र कानुनी व्यवस्था अनुसार कडा कारबाही गरियोस्।

ऐक्यबद्धता प्रकट गर्ने अभियन्ताहरुकाे नामावली यस्ताे छ:
१. कमला अमात्य, सामाजिक कार्यकर्ता २. बिजय राज पौडेल, दलित होमस्टे अभियन्ता ३. स्मृती राई, सामाजिक कार्यकर्ता ४. संजीव उप्रेती, लेखक, प्राध्यापक ५. धनकुमारी सुनार, लेखक, ६. प्रणिका कोयू, लेखक, ७. अर्चना थापा, लेखक, प्रकाशक, ८. रिता शाह, लेखक तथा अधिकारकर्मी, ९. शिवहरि ज्ञवाली, लेखक, १०. उत्तमबाबु श्रेष्ठ, (पीएचडी) अनुसन्धानकर्ता, ११. तुलानारायण शाह, लेखक, १२. सरिता परियार, लेखक, १३. वन्दना ढकाल, लेखक, १४. सङ्गीत, कवि, लेखक, १५. प्रकाश भट्टराइ (पीएचडी) अनुसन्धानकर्ता, १६. राजु स्याङतान, कवि, १७. विनोदविक्रम केसी, कवि, १८. ब्रबिमकुमार, अधिकारकर्मी, १९. टासी टेवा, अनुसन्धानकर्ता, २०. नयन पी. सिन्धुलीय, अनुसन्धानकर्ता, २१. भोगीराज चाम्लिङ, लेखक तथा अनुसन्धानकर्ता, २२. किरण दाहाल, पत्रकार, २३. मनोज पौडेल, अर्थविद्, २४. सिपी अर्याल, पीएचडी अनुसन्धाता, २५. निरज ताम्राकार, २६. बिमला गायक, अधिकारकर्मी, २७. राजेन्द्र महर्जन, लेखक तथा सम्पादक, २८. सम्राट कटुवाल, दलित होमस्टे अभियन्ता २९. शुभ कायस्थ, अधिकारकर्मी ३०. दिवश राज केसी, अनुसन्धाता ३१. नयनतारा गुरूङ (कक्षपती), अनुसन्धाता ३२. हिमा राई, सामाजिक कार्यकर्ता, ३३. दाेभान राई (पीएचडी), सुचना प्रविधि विज्ञ ३३. देवान राई, संचारकर्मी ३४. विना पुन, अनुसन्धान कर्ता ३५. उज्जवल प्रसाईं, लेखक, ३६. विनाेद देवकाेटा, उद्यमी ३७. केशव सिलवाल, कवि ३८. द्वारिका थेबे, अनुसन्धान कर्ता ३९. सविन निङ्लेखु (पीएचडी), अनुसन्धानकर्मी ४०. खगेन्द्र संग्राैला, साहित्यकार, स्तम्भकार, ४१. सरिता तिवारी, लेखक ४२. कल्पना चिलुवाल, कवि ४३. शुष्मा बराइली, पत्रकार र लेखक ४४. सिर्जना ढकाल, लेखक ४५. प्रतिकला चाैधरी, अधिकारकर्मी ४६. रुख गुरुङ, अनुसन्धाता ४७. प्रवीण अधिकारी, लेखक ४८. सृजना पन्त, जनस्वास्थ्य कर्मी ४९. शुभाणी सिंह, प्रकाशक, ५०.प्रणवमान सिंह, लेखक, शिक्षक ५१. पुकार बम, अभियन्ता, शिक्षक ५२. माइकल राई, समुदायिक शिक्षा अभियन्ता ५३. भुबन अधिकारी, संचार विज्ञ, ५४. अमर विके, लेखक/अध्येता, ५५. जेबी विश्वकर्मा, लेखक/अध्येता, ५६. रुप सुनार, अध्येता, ५७. ख्याम विश्वकर्मा 'गाउँले', अधिकारकर्मी, ५८ भोला पासवान, पत्रकार र अभियन्ता, ५९. सुरेश किरण, कवि, सम्पादक, ६०. अभय श्रेष्ठ, साहित्यकार, ६१. आइत विश्वकर्मा, अध्येता, ६२. प्रशान्त विके, अध्येता, ६३. प्रकाश विके, अध्येता, ६४. रवि सेन्चुरी, अध्येता, अधिकारकर्मी, ६५. मोहन शाहसंकर, कानुन व्यवसायी, अधिकारकर्मी, ६६. रविन सायमि, कार्टुनिस्ट ६६. वीरप्रसाद भन्सारी, गायक र अभियन्ता ६७. गुजे मालाकार, गायक र संगीतकार ६८ केवल बिनाबी, कवि ६९. रोहेज खतिवडा, पत्रकार र लेखक ७०. प्रदिप परियार, अभियन्ता, ७१. शंकर लिम्बु, अधिवक्ता, ७२. डा. कृष्णबहादुर भट्टचन, समाजशास्त्री, ७३. नन्द कन्दंवा, आदिवासी विज्ञ/अधिकारकर्मी, ७४. जितेन्द्र बज्रचार्य, अधिवक्ता, ७५. अमृता थेबे, अधिवक्ता, ७६. लक्ष्मी राई, अधिवक्ता, ७७. दिनेश घले, अधिवक्ता, ७८. विद्या श्रेष्ठ, आदिवासी जनजाति अधिकारकर्मी, ७९. याम लिम्बु, आदिवासी जनजाति अधिकारकर्मी, ८०. श्रीकृष्ण महर्जन, पत्रकार, ८१. मनोज आठपहरिया, अधिवक्ता, ८२. सुमन सायमी, अभियान्ता, ८३. अञ्जान बाबु, गायक, ८४. गुरुङ सुशान्त, समीक्षक, ८५. पाण्डव खत्री, मानवअधिकारकर्मी, ८६. विष्णु बहादुर खत्री, अध्येता, ८७. अरुणदेव जोशी, सञ्चारकर्मी, ८८. तारा चाम्लिङ, सञ्चारकर्मी/अध्येता, ८९. शान्ता नेपाली, चलचित्रकर्मी, ९०. गोविन्द छन्त्याल, आदिवासी जनजाति अभियान्ता, ९१. जीवन हाताचो राई, उपाध्यक्ष किरात राई यायोक्खा, ९२. नरेश ताम्राकार, आदिवासी जनजाति अभियान्ता, ९३. आङकाजी शेर्पा, पूर्वमहासचिव नेपाल आदिवासी जनजाति महासंघ, ९४. शुखवीर थामी, कावा महासचिव नेपाल आदिवासी जनजाति महासंघ, ९५. पाशाङ शेर्पा, पूर्वअध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, ९६. नवीन रोकामगर, आदिवासी जनजाति अभियान्ता, ९७. ज्ञानेन्द्र पुनमगर, आदिवासी जनजाति अभियान्ता, ९८. निरन्ती तुम्बापो लिम्बु, आदिवासी जनजाति अभियान्ता, ९९. रेशम गुरुङ, तमू ह्यूल छोंज धि गुरुङ राष्ट्रिय परिषद्, १००. मञ्जु थापा मगर, आदिवासी जनजाति अभियन्ता, १०१. चन्द्रबिकम राई, सल्लाहकार, नेपाल आदिवासी जनजाति महासंघ, १०२. भिम राई, उपमहासचिव, किरात राई यायोक्खा, १०३. रीदास उदास, आदिवासी जनजाति अभियान्ता, उदयपुर, १०४. इन्द्रबहादुर श्रेष्ठ, आदिवासी जनजाति अभियान्ता, झापा, १०५. पारस मुकारुङ, संगीतकार, १०६. लक्ष्मण शेष, संगीतकार, १०७. वसन्त सापकोटा, संगीतकार, १०८. शान्तिराम राई, संगीतकार, १०९. महेश खड्का, संगीतकार, ११०. हरि लम्साल, संगीतकार, १११. कन्क्राइष्ट राई, ११२. भीषण मुकारुङ, गायक, ११३. दिनेश वान्तवा, संगीतकार, ११४. अमरध्वज लामा, सञ्चारकर्मी, ११५. सुनिता थेगिम, गायिका, ११६. डक्टर किराँत, संगीतकार, ११७. सागर राई, गायक, ११८. दिपक लिम्बु, गायक, ११९. वसन्त थामम्सुहाङ, १२०. दुतेन्द्र चाम्लिङ, गीतकार, १२१. वसन्त मुकारुङ, संगीतकार, १२२. शुभ मुकारुङ, गीतकार, १२३. नमन राई, कवि, १२४. प्रकाश थाम्सुहाङ, कवि, १२५. प्रकाश आङ्देम्बे, कवि, १२६. पदम सुब्बा, चलचित्र निर्माता, १२७. सिर्जना सुब्बा, कलाकार, १२८. तायाहाङ्मा किराँत, गायिका, १२९. अञ्जन किराँती, गितकार, १३०. विपिन किरण, गीतकार, १३१. हिरण्य जोशी, मानवअधिकारकर्मी, १३२. नवराज शंकर, अभियान्ता (इलाम), १३२. उमेश विश्वकर्मा, अधिकारकर्मी (विराटनगर), १३३. कपिल सुनार (मोरङ), सुमनसिंह परियार, अधिकारकर्मी (उदयपुर), १३४. पाण्डु परियार, अधिकारकर्मी (उदयपुर), १३५. नैज विश्वकर्मा, सञ्चारकर्मी (धनकुटा)।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .