प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलुका सर्वदलीय बैठक आयोजना गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सो बैठक आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
सरकारले संविधानको अनुसूचिमा रहेको निशान छापमा अंकित नेपालको नक्शालाई गतसाता जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्शाअनुसार परिमार्जन गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ।
संविधान संशोधनका लागि दुई तिहाई आवश्यक पर्ने हुँदा त्यसकै लागि समर्थन जुटाउन सर्वदलीय बैठक आह्वान गरिएको हाे।
'बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा संविधान संशोधन विधेयकका बारेमा छलफल हुँदै गरेकाे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
3
Shares

प्रतिक्रिया