सप्तरीको खड्क नगरपालिका–६ चकुवामा ट्रयाक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको (कृषिबाट अनुदान प्राप्त) पावर ट्रिलरको ट्रयाक्टर सोमबार साँझ आफैँ अनियन्त्रित भई पल्टिँदा सोही ट्र्याक्टरमा सवार स्थानीयवासी ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।
घाइते भएका उनलाई उपचारका लागि सिरहाको लहानस्थित त्रिशक्ति अस्पतालमा लगिएको भए पनि उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु भएका चौधरी ट्रयाक्टर चालक हरि चौधरीका बुवा रहेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया