उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्ना दर्जनौँ सैन्य अधिकारीहरुको बढुवा गरेका छन्।
सैन्य आयोगका प्रमुख रहेका किमले सैन्य प्रमुख पाक जोङ चोनलाई भाइस–मार्सल बनाएका छन्। त्यस्तै हतियार विकास विभाग प्रमुख तथा पार्टीका नेता री प्योङ चोललाई सैन्य आयोगको उपप्रमुख बनाएको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ।
एक महत्वपूर्ण बैठक आयोजना गर्दै उनले विदेशी आक्रमण रोक्न आणविक शक्ति बढाउनुपर्ने बताए। यससँगै उत्तर कोरियाले आणविक गतिविधि थप बढाउने अनुमान गर्न थालिएको छ।
केही साताअघि किम सार्वजनिक रुपमा नदेखिएको भन्दै सञ्चारमाध्यमहरुले उनको मृत्यु भएको वा नाजुक स्वास्थ्य अवस्थामा रहेको अनुमान गरेका थिए। तर, २० दिनपछि उनी मल उद्योगको उद्घाटनमा उनी देखा परेपछि सो हल्ला साम्य भएको थियो। एजेन्सी

प्रतिक्रिया