कोरोना भाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी ‘पूर्णतः बनावटी र मनगढन्ते’ रहेको इन्स्टिच्युटका निर्देशकले दाबी गरेका छन्।
निर्देशक वाङ यीले आइतबार राज्यसञ्चालित सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘इन्स्टिच्युटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं। हामीलाई भाइरसको अस्तित्वबारे पनि थाहा थिएन। हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो?’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मन्त्री माइक पोम्पेओले उहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरिरहेका छन्।
धेरैजसो वैज्ञानिकले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोना भाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन्। यो भाइरस उहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुनसक्ने उनीहरूको अनुमान छ। रासस/एपी
Shares

प्रतिक्रिया