प्रतिनिधि सभाको बैठक सूचना टाँसेर सारिएको छ।
आजै अपराह्न २ बजेका लागि प्रतिनिधि सभाको बैठक सारिएको संघीय संसद् सचिवालयले जनाएको छ। मंगलबार बैठक सञ्चालन हुन नसकेपछि आज बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको थियो।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधि सभाको बैठक अपराह्न २ बजे बस्नेगरी निर्धारण गरेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।
141
Shares

प्रतिक्रिया