राजनीति


अन्य दलले चुनावको षड्यन्त्रलाई बुझेनन्, चुनाव चुनाव मात्रै भनिरहे: ओली

अन्य दलले चुनावको षड्यन्त्रलाई बुझेनन्, चुनाव चुनाव मात्रै भनिरहे: ओली

नेपालखबर
जेठ २०, २०८३ बुधबार १३:७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको फागुन २१ गते भएको चुनाव षड्यन्त्रको उपज भएको दाबी गरेका छन्। 

बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले त्यतिबेलाको असंवैधानिक सरकारलाई आफूहरुले कहिल्यै नस्वीकारेको तर, अरु लोकतान्त्रिक दलले चुनावको षड्यन्त्रलाई बुझ्न नसकेको बताए। 

‘हामीले त्यो सरकार (सुशीला कार्की नेतृत्व)लाई कहिल्यै स्विकारेनौँ। प्रतिनिधिसभा पुनस्र्थापनाको नीति हाम्रो थियो। तर, पार्टी भित्रकै पंतीले त्यो तहमा षड्यन्त्रलाई बुझन् सकेन,’ उनले भने,  ‘हामी चुनामा जति सक्रिय हुनुपर्ने थियो, त्यो भएन। अरु पार्टीले चुनाव मात्रै भने। परिस्थिति बुझ्न सकेनन्। अनि अहिलेको परिणाम आयो। हाम्रो मात्रै केही लागेन।’

उनले लोकतान्त्रिक दलहरुलाई पुराना भनिएकोमा पनि असन्तुष्टि व्यक्त गरे। 

अहिले अनुभवनहिन व्यक्तिहरुबाट देशको शासन चलाउने काम भएको बताए। ‘अमेरिकामा पुरानै पार्टीले प्रतिस्पतर्धा गरेर देश चलाइरहेका छन्, भारत र चीनमा पनि त्यस्तै छ,’ उनले भने, ‘पार्टीहरु पुरानै हुन्छन्, दिनैपिच्छे नयाँ पार्टी बन्दैन। कुनै सन्दर्भमा नयाँ पार्टी बन्लान् तर दिनैपिच्छे नयाँ पार्टी बन्दैनन्।’

उनले नयाँ पार्टी नआउन् भन्ने आफूले नचाहेको तर कतैबाट प्लानिङमा पार्टी बन्नु नहुने बताए।  ‘पार्टीहरु विचारबाट बन्नुपर्छ। विचारविहीन अराज भिडलाई नयाँ पार्टी भन्न मिल्दैन,’ उनले भने। 

उनले फागुन २१ को चुनावलाई नाटक भने। ‘नाटक चुनावलाई अरु पार्टीले बुझ्न सकेनन्। हामीले यो बुझेका थियौँ,’ उनले भने, ‘चुनावमा लगाएको मसी घर पुग्दा रड उडिसकेको थियो। व्यालेट पेपरमा के भयो होला? यो छानविनको विषय हो। भोलि पत्ता लाग्ला। धेरै चुनाव लडियो, यस्तो चुनाव हुँदैनथ्यो। खारेज भएको उम्मेदवारको दोब्बर मत आउने स्थिति पूर्वनिर्धारित थियो।’ 

तर, अहिले आफूहरुले चुनावको परिणाम स्वीकारेको ओलीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad