राजनीति


संसद अवरोधबिच सभामुखले सुनाए राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरणको सूचना

संसद अवरोधबिच सभामुखले सुनाए राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरणको सूचना

नेपालखबर
जेठ १९, २०८३ मंगलबार १६:२५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले विधेयक प्रमाणीकरण भएको जानकारी गराएका हुन्।

जेठ १७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई सभामुख डोलप्रसाद अर्यालले मंगलबारको बैठकमा पढेर सुनाए।

मंगलबारकै बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच सभामुख अर्यालले मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३, पनि प्रमाणीकरण भएको जानकारी गराए। 

प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ गते सोमबार बस्नेगरी स्थगित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad