राजनीति


उपेन्द्र भन्छन्- नेपालले भारतको सीमा मिचेको छैन, प्रधानमन्त्रीको भनाइ गलत, त्रुटिपूर्ण र अपरिपक्व

उपेन्द्र भन्छन्- नेपालले भारतको सीमा मिचेको छैन, प्रधानमन्त्रीको भनाइ गलत, त्रुटिपूर्ण र अपरिपक्व

नेपालखबर
जेठ १८, २०८३ सोमबार १३:१५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति गलत भएको बताएका छन्। 

अध्यक्ष यादवले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै प्रधानमन्त्री शाहले संसद्मा ‘नेपालले भारतको जमिन मिचेको’ भनेर दिएको अभिव्यक्ति त्रुटिपूर्ण रहेको जनाएका छन्। ‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिएको विवादास्पद अभिव्यक्ति गलत, त्रुटिपूर्ण र अपरिपक्व छ,’ यादवले भनेका छन्। 

अहिलेसम्म नेपालले भारतको सीमा नमिचेको यादवले उल्लेख गरेका छन्। ‘नेपालले भारतको सीमा मिचेको छैन। भारतले पनि यस विषयमा कहिल्यै केही बोलेको छैन,’ यादवले भनेका छन्। 

प्रधानमन्त्री शाहको भनाई देशको पक्षमा नरहेको उनले जिकिर गरेका छन्। यादवले भनेका छन्, ‘प्रधानमन्त्रीको भनाई राष्ट्रिय हित अनुकुल छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad