संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसद्का प्रश्नको जबाफ दिँदैछन्।
आइतबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको बैठक केही ढिलोगरी सुरु भएको छ।
बैठक सुरु हुनासाथ प्रधानमन्त्री शाहले आसनबाट उठेर आजको बैठकमा आफूले सांसद्का प्रश्नको जबाफ दिन चाहेको बताएका छन्।
त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्न विपक्षी दलका सांसद्हरूलाई समय दिएका छन्।
तर, विपक्षी दलका सांसदहरूले भने प्रधानमन्त्रीले आकस्मिक रुपमा सांसदका प्रश्नको जबाफ दिन खोजेकोप्रति आपत्ति प्रकट गरेका छन्।
पूर्व जानकारी बिनै सांसदहरूलाई प्रश्न सोध्न भनिएपछि उनीहरूले त्यसको प्रक्रियाप्रति आपत्ति जनाएका हुन्।
अहिले प्रमुख प्रतिपक्षी दलका सांसद अर्जुन नरसिह केसीले बोलिरहेका छन्।

प्रतिक्रिया