राजनीति


आईजीपीको तलब साढे ९२ हजार पुग्दा प्रहरी जवानको अझै पुगेन ४० हजार

आईजीपीको तलब साढे ९२ हजार पुग्दा प्रहरी जवानको अझै पुगेन ४० हजार

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार २१:४०, काठमाडौँ

सरकारले राष्ट्रसेवक कर्मचारीहरुको तलब १० प्रतिशत वृद्धि गरेको छ। यसमा थप १० प्रतिशत प्रोत्साहन भत्ता बढाउने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका छन्। नयाँ तलबको १० प्रतिशत प्रोत्साहन भत्ता पाउँदा कर्मचारीको तलब अहिलेभन्दा साउनदेखि २१ प्रतिशत बढी हुनेछ।

चार वर्षमा महँगी १७.३ प्रतिशत बढेको भन्दै तलब र प्रोत्साहन भत्ता गरी २१ प्रतिशत थप गर्ने बजेटमा घोषणा गरेको हो। हाल खाइपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत वृद्धि हुँदा ग्रेडसहित न्यूनतम पारिश्रमिक करिब ४० हजारदेखि १ लाख माथि पुग्ने अर्थमन्त्री वाग्लेको घोषणा छ। नयाँ तलब स्केल साउन १ गतेदेखि लागू हुनेछ।

नयाँ तलब लागू भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) को तलब ९२ हजार ५०५ रुपैयाँ पुग्नेछ। प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब समान छ।

यसअघि आईजीपी र एआईजीको तलब स्केल ७२ हजार २ रुपैयाँ थियो। उनीहरूको दुई ग्रेड हुन्छ। एक ग्रेड बराबर २ हजार ४०३ रुपैयाँ छ। ग्रेडबापतको ४ हजार ८०६ रुपैयाँ गर्दा ७६ हजार ८८ रुपैयाँ तलब पाउँदै आएका थिए।

अब तलब स्केल ७९ हजार २९० रुपैयाँ पुग्नेछ। यसमा प्रोत्साहन भत्ता ७ हजार ९२९ रुपैयाँ थपिने छ। ग्रेडदर पनि बढेको छ। अब २ हजार ६४३ रुपैयाँ पुगेको छ। २ ग्रेड पाउनेले ५ हजार २८६ रुपैयाँ पाउनेछन्। यो सहित गरेर आईजीपी र एआईजीको तलब र प्रोत्साहन भत्ता ९२ हजार ५०५ रुपैयाँ हुने भएको हो।

यसबाहेक प्रहरीले रासन भत्ता ठाउँअनुसार फरक-फरक थप पाउँदै आएका छन्। तर नयाँ तलब र प्रोत्साहन भत्ताले पनि प्रहरी जवानको तलब भने ४० हजार नपुग्ने भएको हो।

यसअघि प्रहरी जवानको तलब स्केल २६ हजार ८२ रुपैयाँ थियो। ग्रेड दर ८६९ रुपैयाँ छ। जवानको ८ ग्रेडसम्म हुन्छ। ८ ग्रेड पाउने जवानले ३३ हजार ३४ रुपैयाँ मासिक बुझ्थे।

अब २ हजार ६ सय ८ रुपैयाँ तलब स्केल बढ्नेछ। यसो गर्दा तलब स्केल २८ हजार ६९० रुपैयाँ पुग्नेछ। प्रोत्साहन भत्ता बापत थप २ हजार ८ सय ६९ रुपैयाँ पाउनेछन्। ग्रेड दर पनि ६९ रुपैयाँबाट बढेर ९५६ रुपैयाँ पुगेको छ। अब ८ ग्रेडको ७ हजार ६४ रुपैयाँ हुनेछ। ८ ग्रेड पाउने प्रहरी जवानले साउन १ गतेदेखि ३९ हजार २०७ रुपैयाँ पाउनेछन्।

हेर्नुहोस् प्रहरीका कार्यालय सहयोगीदेखि आईजीपीसम्मको यसअघिको तलब र बढेको तलब:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad