मास्क लगाउन लगातार अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः बाध्य भएर लगाएका छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार बिहीबार फोर्ड मोटर कम्पनीको मिसिगनस्थित प्लान्टको भ्रमण क्रममा ट्रम्पले केहीबेर मास्क लगाएका हुन्। तर उनी पत्रकारको नजरमा मास्क लगाएको अवस्थामा देखापरेनन्/आफूलाई लुकाएका छन्।
मिसिगनको रसनभिलस्थित मोटर उत्पादक कम्पनी फोर्डले हाल कोरोना भाइरस महामारीका कारण अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गरिरहेको छ।
आफ्नो टोलीसँग त्यही कम्पनी भ्रमण गर्न जाने क्रममा ट्रम्पले केहीबेर मास्क लगाएका हुन्। फोर्डले आफ्ना प्लान्टमा जानेले मास्क अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको छ। उसो त मिसिगन राज्यले नै सार्वजनिक स्थानमा मास्क लगाउनुपर्ने नियम बनाएको छ।
साथै फोर्ड कम्पनीका अध्यक्ष बिल फोर्डले वक्तव्य जारी गरेर राष्ट्रपति ट्रम्पलाई भ्रमणमा आउँदा मास्क लगाउन आग्रह गरेकाले उनले बिहीबार बाध्य भएर केही बेर मास्क लगाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले समेत कोरोनाबाट बच्न मास्क अनिवार्य भनिरहेको भए पनि ट्रम्पले लगाउन मानिरहेका छैनन्।
लगातार परीक्षण भइरहेकाले मास्क लगाउन आवश्यक ट्रम्पका सहयोगीहरूले बताइरहेका छन्। तर बिहीबार ट्रम्पले बाध्य भएर मास्क लगाएका हुन्। तर पत्रकारले नदेख्दै उनले केहीबेरमै मास्क फुकालेका थिए।

प्रतिक्रिया