राजनीति


कांग्रेसबाट विजयी भएका यी २ वडाध्यक्षको गयो पद

कांग्रेसबाट विजयी भएका यी २ वडाध्यक्षको गयो पद

वडाध्यक्षबाट पदमुक्त भएका पदम विष्ट र रविन्द्र केसी।


नेपालखबर
जेठ १४, २०८३ बिहिबार १३:१०, काठमाडौँ

निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित दुई जना वडाध्यक्ष पदमुक्त भएको जनाएको छ। 

आयोगले बिहीबार सूचना जारी गरेर कांग्रेसबाट निर्वाचित भएका गुल्मीका दुईजना वडाध्यक्षले दल परित्याग गरेपछि उनीहरू पदमुक्त भएको जानकारी दिएको हो। 

०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार भएर निर्वाचित भएका गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष रविन्द्र केसी र गुल्लीकै धुर्कोट गाउँपालिकाको वडा ३ का वडाध्यक्ष पदमबहादुर बिष्ट पदमुक्त भएका हुन्। 

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयका आधारमा पद रिक्त भएको जनाएको छ।  

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको दुवै वडाध्यक्ष अन्य दलमा प्रवेश गरेको निर्णय निर्वाचन आयोगलाई दिएपछि आयोगले दुवै वडाध्यक्षको पद रिक्त भएको जनाएको हो।

गएको फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनताका उनीहरु रास्वपामा प्रवेश गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad