राजनीति


खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस

खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस

नेपालखबर
जेठ १३, २०८३ बुधबार १६:१६, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखहरूलाई कारबाही सिफारिस गरेको छ। 

जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले नेपाल प्रहरी तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही सिफारिस गरेको हो। 

आयोगले नेपाल प्रहरीका आईजीपी (तत्कालीन एआईजी) दानबहादुर कार्कीसहितका सुरक्षाकर्मीहरूलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad