राजनीति


राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस

राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस

नेपालखबर
जेठ १३, २०८३ बुधबार १५:२०, काठमाडौँ

सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२/२०८३’ पेस गरेको छ। 

बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण पेस गरेका हुन्।

सभामा आर्थिक सवेक्षण पेस गर्दै उनले सन् २०२६ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतमा सिमिति हुने अनुमान रहेको बताए।

उनले प्रतिकुल विश्वपरिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले वृद्धि हुने अनुमान रहेको बताए।

प्रदेशगत रुपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अर्थमन्त्री वाग्लेको भनाइ छ।

उनले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रु ६६ खर्ब पुग्ने तथा प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान रहेको समेत बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad