मोरङमा सरकारी निकायले स्रेस्ता राख्दा गडबड गरेकाले स्थानीय बासिन्दा मर्कामा परेको सांसद गणेश कार्कीले बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘मोरङमा वर्षौंदेखि बसिरहेको जग्गामा अर्कोको स्रेस्ता कायम गरिदिँदा किचला परेको जग्गाको एकदमै विकराल समस्या छ,’ सांसद कार्कीले भने, ‘यसबाट भोगचलन गरिरहेकाहरूलाई त पीडित बनायो, बनायो, झुक्याएर त्यो स्रेस्ता किन्दा अरु पनि ठगीमा परेका छन्।’
यसबारे सरकारी कर्मचारीसँग सोधपुछ गर्दा विगतका कर्मचारीले गलत गरेको जवाफ आउने गरेको उनले सुनाए। यसमा कर्मचारी झुक्किएको भए पनि सच्याउनुपर्ने उनले माग गरे।
‘राज्यले झुक्किएछु भन्न पाउँदैन। राज्यले नियमका चाङ देखाएर त्यहाँ पीडितलाई जो ठगीमा परेका छन्, अर्काको नाममा स्रेस्ता काम भएको छ, तिनीहरूलाई त्यतिकै राख्न पाउँदैन,’ सांसद कार्कीले भने।
यस समस्यालाई समाधान गर्न उनले सरकारसँग आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया