प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
मंगलबार सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा प्रवेश गर्ने वितिक्कै विपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए। उनीहरूले संसद्को नियमावलीअनुसार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गरेका थिए।
विपक्षी दलका सांसदले विरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।
102
Shares

प्रतिक्रिया